arrow

तीन दिनदेखि हराएका लोहनीको शव जंगलमा भेटियो

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Dead_Body.jpg.jpeg

नुवाकोट । विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन् ।

सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी बिहिबार  विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ