arrow

फोरम नेपालका उपमहासचिव साह नै काँग्रेसमा प्रवेश

देउवा, पौडेल, कोइराला र गच्छदारले गरे स्वागत

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
forum_neta.jpg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप साह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का सांसद समेत रहेका साह कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साहलार्इ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले टिका लगाएर स्वागत गरेका हुन् । सभापति देउवाले आजै रामेछापका नेता तथा कार्यकर्ताहरुलाई पनि एक अलग कार्यक्रमबाट काँग्रेसमा प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विजय कुमार गच्छदार लगायतका नेताहरुको उपस्थिति थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ