विर्तामोड । झापाको विर्तामोडमा विहानैदेखि सुरु भएको तनावका बीच प्रहरीको गोली लागि एक जनाको ज्यान गएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार करिब एक दर्जन प्रदर्शन कारी घाईतेभएको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । प्रहरीको गोली लागेर घाइते भएका नरेश थापाको अवस्था ज्यान गएको हो ।
अर्का गम्भीर घाइते भएका विर्तामोडकै अम्वर नेपालको भने विर्तामोडमा उपचार हुन नसकेर धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको झापाका एसपी विष्णुकुमार केसीले जानकारी दिए ।