arrow

केरुङबाट स्याउ आउन थाल्यो 

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
Kerung1.jpeg

रसुवा । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट शुक्रबारदेखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ