arrow

प्रतिनिधि सभाका लागि काँग्रेसबाट थप ८ जनाको क्षेत्र टुंगो

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
congress-flag1.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि थप ८ जना उमेदवार तय गरेको छ । 

बालुवाटारमा शुक्रबार बसेको संसदीय समितिको बैठकले प्रतिनिधि सभा तर्फका लागि थप ८ जना उमेदवारको नाम तय गरेको हो । 

समितिका एक सदस्यका अनुसार सुर्खेत २ मा हृदयराम थानी, प्युठान १ मा गोबिन्द पोखरेल, सल्यानबाट राजेन्द्रबहादुर शाह र डोटीबाट बीरबहादुर बलायरको नाम टुंगो लागेको हो ।

बिहिबार नै टुंगो लागेर पनि हस्ताक्षर नभएको ४ उमेदवारको समेत शुक्रबार टुंगो लागेको छ । जसमा तीर्थ लामा काभ्रे १, प्रेमचन्द दाहाल सिन्धुली १, नरेन्द्रजंग थापा सिन्धुली २  र केशब थापा इलाम २ छन्। 

सबैका नाममा शुक्रबार हस्ताक्षर भएको हो । यस अघि बिहिबारको बैठकले शिर्ष नेता सहितका २२ नेताहरुको निर्वाचन क्षेत्र तय गरेको थियो । 

काँग्रेसले लगायो सभापति देउवासहित २२ उम्मेदवारको टुंगो, बाँकी को कहाँबाट ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ