arrow

आफूलाई नमाग्ने साथीको लागि लड्ने जीतजंग

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
jitjung-basnet.jpg.jpeg

काठमाडौं। नेपालको समकालिन राजनीतिमा सकेसम्म आफै राखौ, आफ्नै लागि जुटाऔं, लिनुपर्ने जति आफै राखौ भन्ने प्रवृती देखिदै आएको छ। आफूलाई भन्दा अरुलाई नसोच्ने प्रवृतीले घर गरिरहँदा अर्काको लागि कुरा गर्नेको संख्या पनि घट्दै गइरहेको छ।

झन लाभको पद, राजनीतिक पदका लागि आफूलाई नपाइ अरुलाई सिफारिस गर्नेको त राजनीतिमा टर्च लाइट वालेर खोज्नुपर्ने भएको छ। 

पहिले आफू त्यसपछि मात्र अरु भन्ने दर्शन नै बनेको छ हाम्रो राजनीतिमा। 

काँग्रेस भित्र पनि यो आम प्रवृती नै बनेको छ। तर तरुण दलका अध्यक्ष जीतजंग बस्नेत यो मामिलामा पृथक देखिएका छन्। 

ललितपुरका स्थायि वासिन्दा बस्नेत प्रतिनिधि सभाका लागि ललितपुरबाट प्रत्यासी हुने धेरै अपेक्षा गरेका थिए। तर उनले शुरुमै त्यसलाई इन्कार गरे। उनको प्राथमिकता संसदमा उठ्नु थिएन। 

तरुण दलका अध्यक्ष भएर आफ्नै क्षेत्रमा केन्द्रीत भएर अलमलिएर बस्नु भन्दा उनले उमेद्वार नै नहुने निधो गरे। बरु तरुण दलका आकाँक्षीहरुलाई उमेद्वार बनाउन सहयोग गर्ने अभियान नै चलाए। महासचिव भुपेन्द्रजंग शाही लाई कालिकोटबाट उमेद्वार बनाउन महत्वपूर्ण भुमिका खेले। 

तरुण दलको वार्षिकोत्सवको कार्यक्रममा वालुवाटारमा वोल्ने क्रममा बस्नेतले दलका तर्फबाट संसदमा उमेद्वार बन्न चाहेका साथीहरुलाई सहयोग गर्ने बचन दिए। उनले मञ्चबाटै बोले पार्टी नेतृत्वले पनि तरुण दलका साथीहरुलाई उमेद्वार बनाउने कुरामा ध्यान देओस। 

तरुण दलका अध्यक्ष बस्नेतको कुरा सुनेर काँग्रेस सभापति शेर बहादुर देउवादेखि काँग्रेसका नेताहरु मुस्कुराइरहेका थिए। 

खचाखच भरिएको हलका तरुण सहभागिहरुको मुखमा भने एउटै कुरा थियो नेता होस त जीतजंग जस्तो जसमा न स्वार्थ छ न मोह नै। स्वार्थ छ त तरुण दलकै प्रगतिको अनि काँग्रेसको जीतको । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ