arrow

मान्छेको ज्यान जानेगरी भएको विर्तामोडमा कस्तो छ स्थिती, कर्फ्यू जारी 

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
birtamod_bibad11.jpg

काठमाडौं । शुक्रबारदेखी तनावग्रस्त बनेको झापा बिर्तामोडमा शनिबार भने अवस्था सामान्य बन्दै गएको छ । कर्फ्यू आदेश जारी गरेको २४ घण्टासम्ममा त्यहाँको स्थिती सामान्य बन्दै गएको छ । 

अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले शुक्रबार बिहानैदेखि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भड्किएको भीडलार्इ नियन्त्रणमा लिन नसकेपछि शुक्रबार दिउँसो १ बजेदेखि प्रहरीले त्यहाँ कर्फ्यू आदेश जारी गरेको थियो । दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरे पछि तनावग्रस्त बनेको बिर्तामोडको अवस्था सामान्य बन्दै गएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए । 

 स्थानीय प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेदेखि अनिश्चित कालको लागि  लगाएको कर्फ्यू  खोल्ने तयारी भइ रहेको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । सम्वन्धित निकायसँग छलफल भइरहेको बताउँदै  उनले छलफल पश्चात् कर्फ्यू  खोलिने बताए ।

प्रशासनले शुक्रबार साझँबाट विर्तामोडमा नेपाली सेनालाई सडकमा उतारेको छ । सेनाले रातभर गस्ती गरेको थियो । शुक्रबार नै स्थिति सामान्य बनाउने क्रममा प्रहरीको गोली लागि २ जनाको मृत्यु भएको थियो भने दर्जनौको सङ्ख्यामा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । आन्दोलनकारीले शुक्रबार प्रहरी कार्यालयमा समेत तोडफोड गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ