arrow

राजनीतिक स्थायित्वका लागि तरुण दलको भूमिका महत्वपुुर्ण

logo
कुमोद अधिकारी, 
प्रकाशित २०७४ कार्तिक ११ शनिबार

विराटनगर । लोकतन्त्र र राष्ट्र समृद्धि र राजनीतिक स्थायित्वका लागी तरुण दल अघि बढनुपर्नेमा विराटनगरमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । तरुणदलको ६४ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल महानगरसमिति विराटनगरद्वारा आयोजित कार्यक्रमका वक्ताहरुले मुलुकको स्थायित्वका लागि सबै दलहरुले  तरुणहरुलाई नेतृत्व तहमा अवसर दिनुपर्ने बताएका छन् । 

मुलुकको स्थायित्व र संविधानको सफल कार्यान्वयका लागि तरुणहरुको नेतृत्व आवश्यक रहेको उनीहरुको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल तरुदलका पूर्व केन्द्रीय अध्यक्ष केदार अधिकारीले प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गर्ने तरुणहरुका काँधमा लोकतन्त्रको रक्षागर्ने दायित्व आएको बताए । विराटनगर महानगरपालिकाकी उप–प्रमुख इन्दिरा कार्कीले  लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान दिने तरुण युवाहरुलाई राष्ट्रले सही मुल्याङ्कन गर्नुपर्ने बताइन् । 

नेपाल तरुणदलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले  प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा काग्रेसलाई सवै क्षेत्रमा जिताउनेगरी  परिचालित हुन तरुण्हरुलाई आग्रह गरे । कार्यक्रममा  तरुणदल मोरङका अध्यक्ष सन्जय  थापा प्रभाकर, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइराला, तरुणदलका पुर्व केन्द्रीय सदस्य उद्धव कोइराला, नेपाली कांग्रेस महासमिति सदस्य विश्वनाथ रिजाल, नेपाली कांग्रेस महानगर कार्यवाहक सभापति अरुण न्यौपाने, दलित संघका अध्यक्ष रामकुमार विश्वकर्मा लगायत तथा कांग्रेस युवा नेता सन्जय मण्डल लगायतले मुलुकको राष्ट्रिय राजनीतिमा तरुणदलको भूमिकाका विषयमा चर्चा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ