झापामा राप्रपालाई मनाउन देउवाले दिए मिनेन्द्रलाई जिम्मा
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
143
Shares
काठमाडौं। आफू निर्वाचित भएको क्षेत्र झापा ३ मा राप्रपालाई सिट छोडेर आफूलाई थाहा नै नदिइ समानुपातिकमा नाम पठाएपछि रुष्ट भएका नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण सिटौलालाई मनाउन सभापति शेर बहादुर देउवाले प्रयत्न गरिरहेका छन्।
काँग्रेसका तर्फबाट गठवन्धनका दलहरुसँग छलफलमा रहेका नेता विमलेन्द्र निधीले झापा ३ राप्रपालाई छोड्न सकिने सहमति गरेपछि सिटौला भने त्यसप्रति असहमति जनाउँदै प्रत्यक्षमा उठ्ने तयारी गरिरहेका छन्। यसका लागि उनले झापामा स्थानिय कार्यकर्ताहरुसँग प्रत्यक्ष भेटी छलफल समेत गरेका छन्।
तर राप्रपाले पनि त्यहि क्षेत्रमा दावी गरेपछि भने काँग्रेस पनि अप्ठ्यारोमा परेको छ। राप्रपाले आफ्ना महाममन्त्री राजेन्द्र लिङदेनलाई सो क्षेत्रमा उठाउन चाहेको छ। तर आफू निर्वाचित भएको क्षेत्र सिटौला पनि त्यतिकै छोड्ने मनस्थितिमा छैनन।
पार्टीले कुरा नसुनेको अवस्थामा समानुपातिकमा पनि नबस्ने र पार्टी केन्द्रीय समितिबाट पनि राजिनामा दिने मनस्थितिमा सिटौला पुगेका छन्। यो कुरा सिटौलाले देउवालाई सुनाइसकेका छन्। तालमेल मिलाउने नाममा पार्टी भित्र भाँडभैलो हुने देखिएपछि देउवापनि हच्किएका छन्।
देउवाले झापाको समस्या मिलाउन राप्रपासँग छलफल गर्न पार्टीका नेता मिनेन्द्र रिजाललाई जिम्मा दिएका छन्। रिजाललाई झापा ५ राप्रपालाई छोड्न सकिने गरि सहमति जुटाउन देउवाले निर्देशन दिएका छन्। सभापतिकव निर्देशन लगत्तै रिजाल पनि राप्रपाका न्ताहरुसँग छलफलमा जुटेका छन्।
यसैबीच नेपाली काँग्रेसले समानुपातिक तर्फका सवै उम्मेदवारहरुको टुंगो लगाईसकेको छ। दोस्रो चरणको प्रत्यक्ष तर्फका उम्मेदबारहरुको छनौटलाई अन्तिम चरणमा पुर्याएको छ ।
संसदीय बोर्डको बैठकमा अहिले जिल्लागत रुपमा उम्मेदबारहरुको टुंगो लगाउनेगरी छलफल भईरहेको संसदीय बोर्डका सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए ।
गठबन्धनमा आवद्ध दलहरुसँगको परामर्श र सहमतीका आधारमा बोर्डको बैठकले टुंगीन बाँकी प्रत्यक्ष तर्फका उम्मेदरबाहरुको टुंग्याउने गरी छलफल भईरहेको उनले बताए।