डाँगीको दर्दनाक कहानी : 'दुर्इ हप्ता भोकै हुँदा मरिन, कसैसँग हात थाप्न नि गईन'
आदर्श केसी,
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
946
Shares
रुकुम । खड्कबहादुर डाँगी, रुकुमको राजनितिमा अग्रपंतिमा आउने युवा नेताको नाम हो । मिठो बोली र सहयोगी भावना डाँगीका बिशेषता हुन्। आफु आस्थावान नेपाली काँग्रेस मात्र होईन, अरु पार्टीले रुचाउने स्वाभिमानि नेता हुन् डाँगी । निश्वार्थ भाव, मृदुभाषि बोलि, सालिन व्यक्तित्व, समझदार र रचनात्मक क्षमता उनीसँग जोडिएर आउने बिशेषता हुन् ।
नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डाँगी रुकुम पश्चिम ख बाट प्रदेश सभाको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् । नेविसंघ रुकुमको अध्यक्ष, नेविसंघको केन्द्रीय सदस्य हुँदै अहिले नेविसंघको उपाध्यक्ष समेत बनेका डाँगीलाई यस पटक पार्टीले यसपटक सहजै टिकट उपलब्ध गराएको छ ।
जिल्लामा लोकप्रिय युवा नेताको रुपमा चर्चाको शिखरमा रहेका उनी सानैदेखि नेविसंघको राजनीति हँुदै नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत बनेका डाँगीको राजनीतिक यात्राको दौरानहरु भने निकै रोचक तथा निकै दुखद् घटनाहरुसँग जोडिएका छन । ११ बर्षको उमेरमा आमाको निधन भएपछि अनेकौ दुखहरु झेल्दै बाल्यकाल बिताएका डाँगीको विद्यार्थीकाल पनि निकै सँर्घष र दुखकाबीचमा बिते ।
कक्षा ८ मा पढ्दै गर्दा देशमा अझ माओबादी आधार क्षेत्र रुकुममा विस्तारै माओबादी गाउँमा आफनो प्रभाब जमाउँदै थियो । जिल्लाको साविक खोलागाँउमा जन्मिएका डाँगी १७ बर्षको उमेरमा माओबादी द्धन्द्धका कारण घर छाडेर सदरमुकाम खलंगामा पुग्नु प¥यो । घरमा सानो भाइ र बुवालाइ छाडेर विस्थापित हुँदा निकै मन रोएको डाँगी बताउँछन् ।
काँग्रेसका सबै नेता तथा कार्यकर्ताहरु विस्थापति भएर सदरमुकाम खलंगामा आउने क्रम तीव्र थियो । ती मध्ये वेसाहारा र सानो उमेरमा विस्थापित हुने डाँगी मात्रै एक्ला व्यक्ति थिए । सीमित नेताहरुसँग सामान्य चिनजान बाहेक केही थिएन । विस्थापित भएपछि कुनै पनि आम्दानीको स्रोत नभएपछि सबै भन्दा पिडा उहाँलाइ कहाँ बस्ने र कसरी साझ विहान पेट भर्ने हुन्थ्यो ।
पानी मात्रै खाएर १४ दिन विताएका पिडादायी क्षण सम्झदै उहा भन्नुहुन्छ, नेपाली काँग्रेशको विचार र सिद्धान्त प्रति म त्यस्तो अवस्थामा पनि विचलित भएन । १४ दिन भोकै हुँदा बेहोस भएर लडेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारीले मेरो जिल्लामा नेपाली काग्रेशको कार्यकर्ता खान नपाएर ज्यान गयो रे भन्ने हल्ला भएमा बेइज्यत हुन्छ भन्दै पाँच हजार नगद दिएको डाँगी बताउँछन् ।
विस्तारै डाँगीले जिल्लादेखि केन्द्रसम्म आफनो प्रभाब जमान थालेपछि उनको राजनीतिक स्तर पनि बृद्धि हँुदै गयो । २०५८ सालमा उनी नेविसंघ रुकुमको अध्यक्ष हुँदा जिल्ला पुरै माओबादी र सरकारको चपेटामा थियो । गाउँ जान सहज नभएपनि डाँगीले संगठन मजबुत बनाएको बताउँछन् । उमेरले ३९ बर्ष पुगेका डाँगीले हालसम्म विहे नै गरेका छैनन् । सानैदेखि दुख झल्दै आएका डागीले जीवनको सबै उर्जाशील समय राजनीतिमै सुम्पिएका छन् । धेरै दुःख पार्टी संगठनकै लागि पाए तर पनि निकृय भएर बस्न सकेनन् । कयौँ भोका रात र अभाबका यात्राहरु सम्झनु भन्दा विर्सेर अगाडी बढेपछि यो सम्भव भएको उनको भनाई छ ।
यस पटक उनी माओबादीका नेता गोपाल शर्मा अनलसँग चुनावी प्रतिष्पर्धामा छन् । शर्मा र डाँगी उमेरको हिसावले बराबर र एउटै गाउँले पनि हुन । शर्मा माओबादीका प्रभावशाली नेता मानिन्छन भने डाँगी पनि सबैका प्रिय मानिन्छन् । संख्यामा भन्दा गुणात्मक विश्लेषणमा दुवैको प्रतिष्पर्धा राम्रो हुने देखिन्छ ।