arrow

सुरु भयो बिर्तामोड घटनाको अनुसन्धान

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
birtamod_bibad11.jpg

झापा । झापा अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । 

शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आइतबार देखि अनसुन्धान शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आइतबारदेखि अनुसन्धान शुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । उनले भने, "घटनाको सत्यतथ्य बुझ्न उनीहरु बिर्तामोड गइसकेका छन् ।" 

समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन् । समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ