arrow

गोविन्दराज जोशी विरुद्ध ३ केन्द्रीय सदस्य सहित काँग्रेसका १६ जनाले निकाले वक्तव्य

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
gobinda_joshi.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी माथि कारबाहीको माग राख्दै नेपाली काँग्रेसका तनहुँ जिल्लाका नेताहरुले वक्तव्य जारी गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालासँगको बैठकमा देखाएको व्यवहार र उनले तनहुँमा काँग्रेस प्रतिकूल हुनेगरी गरेको व्यवहारको कारण उनलाई कारबाही गर्नुपर्ने देखिएको उनीहरुको भनाईछ । 

पार्टी केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल सहितले जारी गरेको वक्तव्यमा जोशीको व्यवहारप्रति खेद व्यक्त गरिएको छ ।  उनको यो हर्कतको पछि नलागी लोकतन्त्रमाथि प्रहार हुन लागेको यो गम्भीर घडीमा काँग्रेसका आधिकारिक उम्मेदवार माथि मत दिन उनीहरुले सम्पूर्ण मतदातालाई आग्रहपनि गरेका छन् ।

गत कात्तिक ११ गते पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडल र महामन्त्री कोइरालासँगको भेटमा उनले रुख चिह्न नपाए आफू स्वतन्त्र उम्मेदवारी दिने र यस विषयमा आफूलाई फेरि फोन नगर्नु भनी बैठकबाट बाहिरिएका थिए । उनको यही हर्कतको विरोधमा केन्द्रीय सदस्य, निवर्तमान सांसद्हरु, पार्टी पूर्व सभापतिहरु लगायत १६ जनाले वक्तव्यमा हस्ताक्षर गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ