arrow

अर्वपती विनोध चौधरी काँग्रेसको समानुपातिक सूचीमा, छोडे एमाले 

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
binod-chaudary.jpg

काठमाडौं। नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन्। नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ। 

चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ। 

पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमालेका नेताहरुसँग सम्वन्धका कारण पनि एमाले पार्टीबाट सभासद भएका थिए। 

पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए। नेपाली काँग्रेसका संसदीय वोर्डका एक सदस्यले चौधरी समानुपातिकमा काँग्रेसबाट सिफारिस भएको पुष्टि गरे। 

लोकतान्त्रिक गठवन्धनमा नेपालका घरानाहरु, व्यवसायीहरु उदयमीहरु एकत्रित भएको सन्देश पनि हो चौधरी काँग्रेसबाट समानुपातिकमा पर्नु ति नेताले भने।  

व्यापारिक पावरहाउस
पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए। व्यावसायिक पारवहाउसका रुपमा रहेका चौधरीसँग पावर हुनेहरु जोडिन चाहन्छन उनी पनि पायरफुलहरुसँग छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो। तत्कालिन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ। राजनैतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्।

सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजी अन्तराष्ट्रिय कम्पनी भएको छ। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ