arrow

काँग्रेसले टुङ्ग्यायो ४ महिला सहित १० उम्मेदवारको नाम (नामावली सहित)

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
congress_ummedawar.jpg

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा सदस्यको दोस्रो चरणमा हुने निर्वाचनको लागि ४ जना महिला सहित १० जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । सोमबार बालुवाटारमा बसेको काँग्रेस संसदीय बोर्डको बैठकले यी ४ जना महिला सहित १० जनालाई प्रत्यक्षतर्फ टिकट दिने निर्णय गरेको काँग्रेसका प्रचारसमितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए । 

जस अनुरुप काँग्रेस नेतृ आरजु राणा कैलाली ५ बाट उम्मेदवार बन्ने भएकी छिन् । त्यस्तै, काठमाडौं ३ बाट नेतृ अम्बिका बस्नेत, मकवानपुर २ बाट महालक्ष्मी उपाध्याय डिना र तेह्रथुमबाट सिता गुरुङलाई उठाउने निर्णय गरेको खाँडले जानकारी दिए । 

त्यस्तै, झापा ३ बाट नेता कृष्णप्रसाद सिटौला, पाल्पा १ बाट विजय घिमिरे, पाल्पा २ बाट हरि नेपाल, गुल्मी १ बाट चन्द्र भण्डारी, गुल्मी २ बाट चन्द्र केसी, अर्घाखाँचीबाट डा. राम बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ