arrow

अन्तत: माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
BalKrishna-Dhungel.jpg.jpeg

काठमाडौं । सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । 

सर्वाेच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । सर्वोच्च अदालतको आदेश अनुसार कारागारमा बस्नुपर्ने उनी आफ्नी कान्छी छोरीसँँग सातदोबाटोमा बस्दै आएका थिए । मंगलबार विहान प्रहरीले उनलार्इ आफ्नै निवासबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ । 

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वाेच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो । 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेपछि कानूनी राज्यको उपहास गरेको भन्दै नेपाल प्रहरीमाथि समेत गम्भीर आरोप लाग्ने गरेको थियो ।

यही विषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन गराएका हुन् ।  

यस अघिसम्म माओवादी नेतृत्वको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै हिँडेका ढुंगेल प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने उम्कन सकेनन् । मुलुकमा दण्डहिनता र मानव अधिकारको विषयमा अन्तराष्ट्रिय सन्धी सम्झौता विपरित हिँडडुल गर्दै आएका ढुंगेललाई पक्राउ गरेसँगै प्रधानमन्त्री शेर बहादुर देउवाले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो छवि उच्च गराएका छन् । मुलुकमा कानूनी शासनको अन्त्य भएको भनेर यावत टीका टिप्पणी आईरहेको बेलामा यो कदमले कानूनी राज्यको अन्त्य भईनसकेको भन्न सकिने आधारस्तम्भ खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ