माओवादी नेता बालकृष्ण ढुंगेललाई नख्खु जेलमा थुनिने
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
977
Shares
काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नख्खु जेलमा लैजाने तयारी भईरहेको सिआईबीले जनाएको छ । मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेको उनलाई सर्वाेच्च अदालतमा उपस्थित गराएर अदालतको फैसला कार्यान्वया ईकाईबाट सिधै नख्खु लैजाने तयारी भईरहेको हो । सर्वोच्च अदालतको आदेश अनुसार कारागारमा बस्नुपर्ने उनी आफ्नी कान्छी छोरीसँँग सातदोबाटोमा बस्दै आएका थिए । मंगलबार विहान प्रहरीले उनलार्इ आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
सर्वाेच्च अदालतले गरेको फैसला अनुरुप उनलाई सर्वस्व सहित जन्मकैद हुने भएको छ । त्यसैले उनलाई मंगलबार नै नख्खु जेल चलान गर्न लागिएको हो । लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेर पनि खुलेहाम काठमाडौंमा हिँडिरहेका उनलाई गृहमन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हालेपछि मंगलबार पक्राउ गरिएको थियो ।
अहिले ढुंगेललाई सर्वाेच्च अदालतको फैसला कार्यान्वयन ईकाइ अन्तर्गत ध्रुव कुमार ढकालको चेम्बरमा ल्याईसकिएको छ । उनलाई त्यहाँको सबै प्रक्रिया पुरा गरेर उनलाई नख्खु लैजाने तयारी भईरहेकोछ।