arrow

सावित्रीलाई प्रहरीको बर्थ डे गिफ्ट : भाइको हत्यारा ढुंगेल पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
sabitri_shrestha.jpg

काठमाडौं । लामो समयसम्म भाइको हत्यारालाई कारबाहीको माग गर्दै मुद्दा लडेकी स्वर्गीय उज्जन कुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठको मंगलबार नै जन्मदिन हो । उनको जन्मदिनको अवसरमा उनलाई अरु जस्तो केक काटेर खुवाउने कार्यक्रम पनि केही थिएन । केही राम्रो र खुशी हुने कार्यक्रम गर्ने वित्तिकै उनलाई दाइ र भाइको यादले सताई हाल्थ्यो । 

तर, उनको जन्मदिनको दिन उनलाई प्रहरीले उपहार स्वरुप दियो एकदमै ठूलो खुशी । जसको लागि उनले झण्डै एक दशक आफ्नो ज्यानलाई खुकुरीको धारमा राखेर हिँड्नु पर्यो त्यही उनको प्रयास आज सफल भएको छ त्यो पनि उनकै जन्मदिनको दिन । आफ्नो भाइ र दाईको हत्यारालाई कारबाही गरिएकोमा उनी एकदमै खुशी छिन् । तर आफ्नो भाइको हत्यारालाई कारबाहीको माग गर्दा आफ्नै ज्यान गुमाउनु परेका आफ्ना स्वर्गीय दाइको सम्झनाले भने उनलाई त्यति खुशी हुन दिएको छैन । 
  
हाम्राकुरासँगको कुराकानीमा उनले आफू एकदमै खुशी भएको भन्दै तर आफ्नो दाइले यो खुशीदेख्न नपाएकोमा भने आफूलाई दुख लागेको उनले प्रतिक्रिया दिईन् । उनी कुनै न ुनै दिन सत्ता पल्टिएर आफ्ना भाइको हत्यारा माथि कारबाही हुन्छ भन्ने विश्वास आफूलाई रहेको बताउँछिन् । 

सर्वोच्च अदालतले सावित्रीका भाइ उज्जनकुमारको हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार सातदोबाटो स्थित उनकै डेराबाट पक्राउ परेका थिए ।  विहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । 

सर्वोच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । सर्वोच्च अदालतको आदेश अनुसार कारागारमा बस्नुपर्ने उनी आफ्नी कान्छी छोरीसँग सातदोबाटोमा बस्दै आएका थिए । मंगलबार विहान प्रहरीले उनलार्इ आफ्नै निवासबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ