arrow

बालकृष्ण ढुंगेल सदरखोर जेलमा, महरा खुसी भए होलान् कि दुःखी ? 

१२ वर्ष पाँच महिना २२ दिन कैद भुक्तान गर्नु पर्ने 

logo
व्यूराे,
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
dhungel_jel.jpg

काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याका दोषी माओवादी नेता बालकृष्ण ढुंगेल डिल्लीबजारस्थित सदरखोर जेल चलान भएका छन् । 

प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सदरखोर ढुंगेललाई पठाइएको हो । 

उज्जनकुमार श्रेष्ठको हत्यामा माओवादी नेता बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण श्रेष्ठको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेको भन्दै परिवारले टीका सुनुवार, रक्तिम लामा लगायत विरुद्ध २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिएको थियो । यद्यपि, प्रहरीले जाहेरीमाथि १२ वर्षसम्म कार्वाही अगाडि नबढाएपछि पीडित परिवारले पुनः पुनरावेदन अदालत, जनकपुरमा रिट निवेदन दिएको थियो । 

उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि स्वतन्त्र रुपमा घुमिरहेका ढुंगेललाई मंगलबार मात्रै प्रहरीले प्रकाउ गरेको हो । पत्नी र परिवारका सदस्यहरु कपनमा राखेर ढुंगेल आफु सुरक्षाको कारण देखाउँदै भाइबहिनीसहित ललितपुरको सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । 

ओखलढुंगा २ बाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् । उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेलविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । ढुंगेलको सजाय माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले यो सिफारिस अस्वीकार गरिदिएपछि ढुंगेल कैदको भागिदार भएका हुन् । 

सर्वोच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गर्न प्रहरीलाई दबाब परेको हो । 

उज्जनकुमार श्रेष्ठ हत्याको आरोमा सर्वोच्च अदालतको संयुक्त इजलासले २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेलले अब पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ ।

महरा खुसी भए होलीन् कि दुःखी? 
२०७२ पौष २४ गते शुक्रबार नवलपरासी पुगेका तत्कालिन एकीकृत माओवादी अहिलेको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सर्वोच्च अदालतले त्यसको अघिल्लो दिन आममाफी नहुने गरी गरेको बालकृष्ण ढुंगेलविरुद्ध सर्वोच्चले गरेको फैसला स्वागत योग्य भने । 

क्रान्तिकारी पत्रकार संघ नवलपरासीले कावासोतीमा गरेको पत्रकार सम्मेलनमा महराले माओवादीले २०५२ फागुनदेखि २०६३ मंसिर ५ गतेसम्मको अवधिमा भएका घटनाका सम्बन्धमा कारबाहीको दायरामा ल्याउने भन्दा राजनीतिक समाधान खोज्ने प्रयास गरेको सुनाए । शीर्ष तीनदलबीच संविधान जारी गर्नुअघि भएको सहमतिमा जनयुद्धकालीन मुद्दा खारेजी हुने र त्यो सत्य निरुपण तथा मेलमिलाप आयोगमा जानुपर्ने सहमति भएको महराको भनाई थियो । महराले १६ बुँदेलाई नै संकेतगरी यी विषय बोलेका हुन् । १६ बुँदेमा सर्वोच्चले समेत आपत्ति जनाएको थियो । त्यतिबेला ढुंगेल बाबुराम भट्टराई निटक थिए ।

भट्टराईले माओवादी परित्याग गरिसकेकाले पनि महरा ढुंगेलविरुद्धको फैसलालाई लिएख खुसी भएको धेरैको आँकलन छ । यद्यपि, अहिले भने महरा खुसी छैनन् । यस्तै, माओवादीले पनि यसलाई १२ बुँदे सहमति विपरीत र चुनाव भाँड्ने षड्यन्त्र भनेको छ । महराले २०७३ वैशाख २१ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालको डेढ घण्टे त्रासदीपूर्ण भाषण समेत सुनेका थिए । जसको भोलिपल्ट महरा समूहकै सुझावमा दाहालले केपी ओली सरकारमाथि प्रश्न उठाउँदै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान पत्र जारी गरेका थिए । 

उज्जन हत्याका दोषी को कहाँ छन् ? 
ढुंगेल सहित ९ जना थिए ।
२ जनाले सजाए काटेर जेल मुक्त भईसकेका छन् । उनीहरुले जिल्लाबाटै ३ वर्ष कैद भुक्तान गरेर छुटे । 
कोही क्यान्सर भएर मरे । 
मुल्तवीमा रहेका एक जनाले सफाई पाए ।
ढुंगेल अहिले पक्राउ परे । 

सावित्रीले सम्झेको घटनाक्रम 
२०५५ असार १० गते ३२ वर्षीय भाई उज्जन कुमार श्रेष्ठको हत्या भयो । भाई ओखलढुंङ्गा टार केरावारी खहरेखोला–बेसीमा रहेको मिलमा थिए । मिलबाट निस्केर तीन मिनेट पर पुग्दा उनीमाथि सांघातिक आक्रमण भयो । विभत्स हत्या भयो । भाई हत्याको खबर भरियाबाट पाईयो । दाइले हत्या लगत्तै केही दिनमै मुद्दा दर्ता गर्नु भयो । भाई हत्यापछि दाई भागेर  काठमाण्डौंमै आउनु भयो । यतै बस्नु हुन्थ्यो ।

पछि छोरीहरुको पढाई विग्रियो भन्दै गाउँ जानु भयो । मंसिरको महिना धान भित्र्याउने समय थियो । दाई काटेको धान सिमोट्ने क्रममा घर पछाडीको खेतमा हुनुहुन्थ्यो । २०५९ मंसिर ६ गते दाई गणेश कुमार श्रेष्ठको  हत्या भयो । भाईको हत्याले विक्षिप्त आमा अचेत हुनुहुन्थ्यो । भाउजु अपाङ्ग हुनुहुन्छ । घर सम्पत्ति सबै कब्जा भयो । घर बम पड्काएर ध्वस्त पारिदिए । ठूलो पसल थियो त्यो पनि लुटे । मिल लुटेर लगेका सामानहरु अझै चलाई रहेका छन् । ओखलढुंङ्गा पोकली –२ को बास उठ्यो । 

याे पनि नछुटाउनु हाेस‍्

‘ए होर भाई कस्ले, कुन् नेताले, के भने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ