arrow

एमालेका २ निवर्तमान सांसद काँग्रेसमा प्रवेश, कैलाली एमालेमा पहिरो

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
samsad_prabesh.jpg

काठमाडौं। नेकपा एमालेका नेता सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो छ। एमाले अध्यक्षकै गृहजिल्ला झापाका एमालेका नेताहरु काँग्रेसमा प्रवेश गरेकै भोलिपल्ट एमालेका दुई निवर्तमान सांसद काँग्रेसमा प्रवेश गरेका छन्। 

एमालेबाट कैलाली क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद मोहन सिंह राठौर काँग्रेसमा प्रवेश गरेका हुन्। उनी संसदको सुसासन समितिका सभापति थिए। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले  पार्टीमा उनलाई प्रवेश गराएका हुन्। 

काँग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, दिलेन्द्र वडु, एनपी साउद, किशोरसिंह राठौर लगायतका नेताहरु पार्टी प्रवेश कार्यक्रममा थिए। 

एमालेकै सांसद रवनी चौधरी पनि काँग्रेस प्रवेश गरेकी छिन्। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्य समेत रहेकी चौधरी चौधरी समुदायमा लोकप्रिय छिन्। 

दुई पूर्व सांसदको प्रवेशले एमाले कैलालीमा पहिरो गएको विश्लेषण गरिएको छ। यसको फाइदा काँग्रेसले लिने बताइएको छ। 

काँग्रेसले कैलालीबाट राठौरलाई प्रतिनिधी सभामा उमेद्वार बनाउने निर्णय समेत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ