arrow

समाजवादीले उम्मेदवार टुंगो लगायो, उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने

अशोक राईलाई सुनसरी १   

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएको छ । 

मंगलबार बसेको पदाधिकारी बैठकले अधिकांश जिल्लाको उम्मेदवारी टुंगो लगाएको हो । काठमाडौँसहित केही जिल्लाको उम्मेदवारी वुधबार टुंगो लाग्ने संघीय समाजवादी फोरमले जनाएको छ । 

वुधबार बाँकी रहेका जिल्लाको विवरण समेत सार्वजनिक हुने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष यादवको नाम मोरङबाट समेत सिफारिस भएको थियो । 
सप्तरी १ बाट प्रतिनिधिसभाका लागि डा. सूर्यनारायण यादव चुनाव लड्ने पक्का भएको छ । राजपासँगको सहमति अनुसार संघीय समाजवादीले सप्तरी ३ र ४ छोडेको छ । 

मंगलबार मात्रै राजपासँग सिट बाँडफाँडको समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बरिष्ठ नेता अशोक राई सुनसरी १ बाट चुनाव लड्ने भएका छन् । यसअघि राई उदयपुरबाट समानुपातिकतर्फ संविधानसभा सदस्य थिए । उपेन्द्र यादव सुनसरी–५ बाट निर्वाचित भएका थिए । 
उम्मेदवारहरुको विवरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ