arrow

हजुरआमाको मलामी गएका गाहा कालीगण्डकी नदीमा बेपत्ता

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
missig.jpg

पाल्पा ।  स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । 

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका २ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएका हुन् । 

हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताए । स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी कार्य भइरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ