भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धत छ : मन्त्री गिरी
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
499
Shares
काठमाडौं । सहरी विकास मन्त्री दिलनाथ गिरीले आगामी केन्द्र र प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पावर नेश्नल न्यूजले आयोजना गरेको ‘एजुकेशन अवार्ड –२०१७’ को ‘टप १०’ भित्र पर्न सफललाई अवार्ड प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो विश्वास दिलाएका हुन् ।
दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार भोलि उत्साहजनक तरिकाले नोमिनेशन हुने बताउँदै मन्त्री गिरीहुने बताउँदै मन्त्री गिरीले भने,‘सरकार निर्वचनको भयरहित तरिकामा सम्पन्न गर्नको लागि तयारीमा जुटि रहेको छ, आगामी निर्वाचनलाई शान्तिपूर्ण निश्पक्ष ढंगले सम्पन्न गर्नको लागि सबैलाई आग्रह गर्दछु।’ शिक्षाको क्षेत्रमा पावर न्युजले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको विकासमा लाग्नको लागि मन्त्री गिरीले आग्रह गरे ।
त्यस्तै अर्वाड संयोजक समिर लामाले शैक्षिक अवार्ड २०१७ ईतिहाँसमै पहिलो शैक्षिक अवार्ड भएको दाबी गरे । उनले भने,‘हाम्रो देशमा गीत, संगीत, स्वास्थ्य लगायत अन्य क्षेत्रका विद्याको बारेमा अवार्ड भएका छन्,तर शिक्षाको अवार्ड हुन सकिरहेको थिएन, हामीले त्यो आट गर्यौ, सफल पनि भयो, अवार्डमा ५६ वटा स्कुल छानिएका थिए, त्यस मध्य उत्कृष्ट १० लाई छानेका छौँ, गत भदौ २० गते वितरण गर्न नसकिएका प्रमापत्र आज हामीले बाढेका छौँ, यहि कार्तिक २५ गते सास्कृतिक संस्थान राष्ट्रिय नाचघरमा उत्कृष्ट १० मध्यबाट एउटालाई अवार्ड प्रदान गर्नेछौँ।
पावर न्यूजले आयोजनाको गरेको एजुकेशन अवार्ड–२०१७ को उत्कृष्ट १० मा पर्न सफल विभिन्न विधाका स्कुल तथा कलेजका विद्यार्थीहरुलाई नोमिनेशन अवार्डको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।