arrow

कञ्चनपुर एमालेमा भाँडभैलो, पूर्वमन्त्रीले नै गरे वागी उम्मेदवारीको घोषणा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
CPN-UML-Flag.jpeg

पुनर्वास,कञ्चनपुर। मंसिर २१ गते दोसो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टि देखिएको छ । एमाले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र ३ को प्रदेश तर्फका उम्मेदवारको विषयलाई लिएर नेताहरु असन्तृष्टि चुलिएको हो । सिफारिस नभएका र एमाले भित्रका पर्यटक नेताहरुलाई टिकट दिएर जनता र पार्टीको सिद्धान्त भावना विपरित उम्मेदवार अघि सारेका नेताहरुको आरोप छ । 

टिकट वितरणमा असन्तृष्टि देखिएका नेताहरुले एमाले विरुद्ध बागी उम्मेदवारी दिने घोषणा समेत गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १को (क)बाट सिफारिस भएका पूर्व मन्त्री समेत रहेका लाल बहादुर विक, १ कै (ख)बाट सिफारिस भएका राजेन्द्र जोशी र ३को (क)बाट कर्ण चन्दले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बुधबार निर्वाचन क्षेत्र नम्बर १ को (क) पुर्नवास र (ख) को बेल्डाँडीमा छुट्टा छुट्टै भेला आयोजना गरी निर्णय सच्याउन  माग गरेका छन् । नेकपा माओवादी केन्द्र र एमाले गठबन्धन अन्तर्गत प्रतिनिधी सभाका लागि माओवादी केन्द्र र एमालेको भागमा दुवै प्रदेशका सिट भाग परेका थिए । एमाले नेतृत्वले लामो समयदेखि पार्टीमा आबद्ध संघर्षशील नेताहरुको भावना विपरित टिकट दिएर गम्भीर त्रृटी गरेको टिप्पणी गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य वीरवल विश्वकर्माले जिल्ला हुँदै प्रदेशबाट केन्द्रीय कमिटीमा सिफारिस भएका उम्मेदवार लत्याउँदै बाहिरबाट प्रदेशमा टिकट दिएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् । ‘सिफारिस नभएका व्यक्तिलाई उम्मेद्वार बनाईयो, ‘उनले भने, ‘यसबाट पाटीलाई गम्भीर क्षति हुन्छ ।’ 

प्रदेशका लागि निर्वाचन क्षेत्र नम्बर १को (क)बाट सिफारिस भएका लाल बहादुर विश्वकर्माले नेतृत्वले पार्टी नीति, सिद्धान्त र पद्दती विपरित टिकट दिएको बताए । प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका व्यक्तिलाई प्रदेश सभामा टिकट दिएर मानमर्दन गरेको उनको विश्लेषण छ । ‘हामी तारालामा तामाङ्गले टिकट पाएको भनेर बिरुद्धमा लागेका होईनौँ, ‘उनले भने, ‘पार्टीले गरेको पद्दती बिरुद्धमा लागेका हौँ ।’ एमाले नेतृत्वलाई उनले निर्णय सच्याउन समेत अनुरोध गरेका छन् । 

यस्तै बेलौरी बेल्डँडीका एमाले कार्यकर्ताको भेलाले गाँउ, नगर जिल्ला र प्रदेशबाट पहिलो नम्बरमा सिफारिस गरिएका उम्मेदवार राजेन्द्र जोशीलाई नै बागी उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमाले बेल्डाँडीका नेता लक्ष्मण भाटले पार्टीले टिकट वितरणमा पुराना नेता कार्यकर्तालाई लत्याउदै जनतामाँझ नचिनिएका व्यक्तिलाई टिकट दिएको बताए । निर्वाचन क्षेत्र नम्बर १को (ख)बाट प्रदेशको लागि सिफारिस भएका एमाले नेता राजेन्द्र जोशीले पार्टीले टिकट वितरणमा गम्भीर गल्ती गरेको बताए ।

निर्णय फिर्ता लिन समेत उनले पार्टीलाई आग्रह गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट एमाले युवा नेता कर्ण बहादुर चन्दले समेत बागी दिने तयारी गरेका छन् । उम्मेदवार सिफारिसकै विषयमा असन्तृष्ट देखिएका नेता चन्दले कुनैपनि हालतमा उम्मेदवारी दिने जिकिर गरेका छन् । एमालेले निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्ग र १ कै (ख)बाट अनेरास्ववियुकी नेतृ मर्यादा विष्ट र ३ को (क) बाट एमाले नेता प्रकास रावललाई टिकट दिएको छ । एमाले अध्यक्ष तारालामा तामाङ्ग प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका थिए । उनले प्रदेशमा टिकट पाएपछि एमाले कञ्चनपुर भित्रै खैलाबैला सिर्जना भएको छ । एमाले कार्यकर्ताले उनले सिफारिस र टिकट पाएको विषयलाई लिएर टिकाटिप्पणी गरिरहेका छन् । 

उक्त क्षेत्रमा एमाले भित्र चरम असन्तृष्ट रहेको छ । उक्त तीन निर्वाचन क्षेत्रमा एमाले नेताहरुले पार्टीको साख जोगाउन भन्दै बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले कञ्चनपुरको भागमा परेका सिटमा एमालेकै कार्यकर्ताले उम्मेदवारको विषयलाई लिएर असन्तृष्टी र विवाद सिर्जना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ