कपिलस्तु । आगामी मंसिर २१ गते हुन लगेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मर्यादित बनाउन संचार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताइएको छ । तौलिहवामा आयोजित निर्वाचन र सञ्चार विषयक १ दिने प्रशिक्षण कार्यक्रम सरोकारवालाहरुले यस्तो बताएका हुन ।
सहि समाचार र निर्वाचन आचार संहिता जस्ता विषयमा पत्रकारहरुले समाचार प्रकाशन प्रशारण गरेमा सबै निर्वाचनका गतिविधी मर्यादित हुने जिल्ला निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले बताए । साथै निर्वाचनमा राजनैतिक दलहरुलाई सचेत गराउन समेत संचार माध्यहरुले खवरदारी र जानकारी आदान प्रदान गर्नुपर्ने घिरिमरेले बताए ।
सो अवसरमा निर्वाचन आचार सांहिता, पत्रकारहरुले निर्वाचनमा खेल्नु पर्ने भुमिका र गोपिनियताको विषयमा जिल्लाका विभिन्न सञ्चार मध्यमका ३० जना पत्रकारलाई सो परशिक्षण दिएको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन,संबैधनिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ कपिलवस्तुका शाखा सचिव हरि अधिकारी र पुर्व अध्यक्ष मनोप पौडेलले निर्वाचनमा सञ्चार माध्यमको भुमिकाको बारेमा बताएका थिए ।
उक्त कार्यक्रममा सञ्चार कर्मीहरुले नमुना मतदान पनि गरेका थिए ।सो कार्यक्रम जिल्ला निर्वाचन कार्यलय कपिलबस्तुको आयोजना र नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको समन्यमा भएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष डिलाराम भुसाल,क्षेत्र नं. ३ का निर्वाचन अधिकृत गोविन्द उपाध्याय लगयतको उपस्थिती रहेको थियो ।