arrow

सुनसरी एमालेमा सामूहिक राजीनामाको धम्की, राजीनामा दिए तत्काल स्वीकृत गरिदिने 

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
uml-flag.png

काठमाडौं । सुनसरीमा आफ्ना उम्मेदवारलाई टिकट नदिएर माओवादी केन्द्रलाई टिकट दिएको भन्दै असन्तुष्ट एमाले नेताहरुले सामूहिक राजीनामाको धम्की दिएका छन् । बिहीबार दोस्रो चरणको निर्वाचनका लागि मनोनयन गर्ने मिति तोकिएकोमा सोही दिन सामूहिक राजीनामाको तयारीमा एमालेका एक पक्ष रहेका छन् । 

एमालेका असन्तुष्ट नेताहरुले सुनसरी क्षेत्र नं २ मा एमालेको राम्रो पकड रहेको भएपनि माओवादीलाई टिकट दिईएको भन्दै असन्तुष्ट बनेका छन् । सो टिकट वितरण विरुद्ध निवर्तमान सांसद् रेवतीरमण भण्डारी र उनको नेतृत्वमा जिल्ला तथा क्षेत्रका नेताहरु विपक्षमा उभिएका हुन् । 

एमालेका जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले आफूले टिकट नपाएमा असन्तुष्ट हुनु स्वभाविक रहेको भन्दै टिकट नपाएकै आधारमा राजीनामा दिए तत्कालै राजीनामा स्वीकृत गरिदिने चेतावनी दिए । 

उनले टिकट नपाएका केही नेताहरुले विद्रोह गर्दैमा केही नहुने भन्दै अहिले उत्साहपूर्ण रुपमा मनोनयन सुरु भईरहेको उनले बताए । उता, निवर्तमान सांसद् भण्डारीले भने आफूलाई टिकट दिने भनिएपनि अन्तिममा माओवादीलाई टिकट दिएपछि धेरै कार्यकर्ताहरु असन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले साँझ ५ बजेसम्म कुर्ने र नभए वागी उम्मेदवारी दिन पनि पछि नहट्ने प्रक्रिया पनि दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ