arrow

२०४८ सालका 'सफल सभामुख' ढुंगानाले दिए उम्मेदवारी

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
damnath-dungana-11.jpg

काठमाडौँ । झण्डै साढे २ दशकपछि पूर्व सभामुख फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् । २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएर सभामुख बनेका उनी नै प्रजातन्त्र पुनः स्थापना भएपछि पहिलो सभामुख हुन् । तिनै ढुंगानालाई नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उनलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो । 

विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं २ बाट विजय भएको थियो । यसपछि उनी प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेकाका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन भएका थिए । 

उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उनले कानुनी क्षेत्रबाट पु¥याएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो । त्यसैले उनलार्इ त्यतिबेला सफल सभामुखको रुपमा चित्रण गर्ने गरिएको थियो । 

करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२÷६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिएका हुन् । विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवाको रूपमा नेतृत्व गर्दै आएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ