- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर। बहुविवाह गरेको आरोपमा पाँचथर प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउने कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र श्रीमती भएका पुरुषसँग विवाह गर्ने काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
लावतीकी २७ वर्षीया श्रीमती रूपा तामाङ लावतीले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए।