- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले सोमबारबाट प्रदेशअनुसार सवारी साधनमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले कार्तिक २० गतेवाट अनलाइन आवेदन खुलाउने तयारी गरेको हो । अञ्चलको नाम राखिँदै आएको ठाउँमा प्रदेशको पहिचानको नम्बर रहने गरी नियमावली संशोधन भएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सोमबारबाट एकान्तकुनास्थित साना ठूला सवारी कार्यालयमार्फत इम्बोस्डको प्लेटको वितरण सबै सवारीका लागि खुला गर्न लागिएको बताएका छन् ।
तत्कालीन संसदको विकास समितिले अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण रोकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको आधारमा प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।