मालिका महोत्सव समितिद्धारा समाजसेवी गुरुङ्ग सम्मानित
कौरव खत्री
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
485
Shares
गुल्मी । गुल्मीमा सञ्चालन भएको तेश्रो मालिका महोत्सवमा प्रथम भलिबल खेलका लागि आर्थिक सहयोग गर्ने सहयोगीलाई आयोजक महोत्सव समिति भव्य सम्मान गरेको छ ।
मुसिकोट नगरपालिका ६ स्वाँरा हाल ओमसतिया गाँउपालिका १ भैरहवा निवासी समाजसेवी लाल बहादुर गुरुङ्गलाई तेश्रो मालिका महोत्सवको समापन समारोहका अवसरमा तेश्रो मालिका महोत्सवका अवसरमा आयोजित खुल्ला पुरुष भलिवलका प्रथम पुरस्कार रु. ५२ हजार राशीका साौजन्यकार एवं आर्थिक सहयोगी मुनपा ६ हाल राजगारीको शिलशिलामा हङकङ कार्यरत निवासी समाजसेवी ताराबहादुर गुरुङ्गका भाइ समाजसेवी लाल बहादुर गुरुङ्गलाई महोत्सव समितिले भव्य रुपमा मायाको चिनो तथा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समितिले यस्तै महोत्सवका अवसरमै खुल्ला भलिवलका पुरुष भलिवलका दोश्रो पुरस्कार रु ३२ हजार रकमका सौजन्यकार आर्थिक सहयोगी मुनपा ६ हाल राजगारीको शिलशिलामा हङकङ कार्यरत निवासी समाजसेवी भिम बहादुर गुरुङ्गकी दिदी टंककुमारी गुरुङ्गलाई समेत मायाको चिनो तथा सम्मान पत्र र दोसल्ला ओडाएर गुरुङ्गलाई सम्मान गरिएको मालिका महोत्सव समितिका सदस्य गुनाखर उपाध्यायले जानकारी दिए ।
यस्तै महोत्सवमा सम्मानित भएका समाजसेवी लाल बहादुर गुरुङ्ग र तारा बहादुर गुरुङ्ग दुई दाजुभाइ समाजका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आएका छन् ।