arrow

उम्मेदवारी फिर्ता लिन समय, आइतबारै अन्तिम नामावली

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आइतबार दिउँसो १ बजेसम्मको समय दिएको छ । 

आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय दिएको हो ।

बागीले हैरानी परेका दलहरुलाई विद्रोही उम्मेदवारलाई सेटिङ मिलाउन पनि उम्मेदवारी फिर्ताको समय उत्तम बनेको छ । 

आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि उम्मेदवारी फिर्ताको अवसर दिएको हो । 

उम्मेदवारी फिर्ताको काम सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ । यो समय दिउँसो १ देखि ३ बजेसम्मको तोकिएको छ । 

त्यसैगरी आयोगले उम्मेदवारलाई ३ देखि साँझ ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।  

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १,७४२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेशसभातर्फको २५६ प्रतिनिधिका लागि २,९ ६६ जना मैदानमा खडा भएका छन् ।

केहीको उम्मेदवारीविरुद्ध परेको उजुरीपछि उम्मेदवार घटेका छन् । त्यसैगरी विभिन्न दलबाट बागी उठेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि अझै उम्मेदवार घट्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ