arrow

यी तीन नेताहरु, जसलाई 'राजनीतिको सुपरस्टार' बन्ने अवसर छ 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
bhatta_adhikari_pande.jpg

काठमाडौं । मुलुकमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणको त्यति चर्चा छैन । कारण यो हिमाली भेगका जिल्लाहरु जहाँ शीर्ष नेताहरुको खासै प्रतिस्पर्धा छैन । यसैले पनि पहिलो चरणको निर्वाचनपूर्व नै धेरै चर्चा दोस्रो चरणले नै पाउने गरेको छ । 

यो चुनावमा पनि विशेषगरी शीर्ष नेताहरुको क्षेत्र बढी चर्चामा रहेको छ । तीनै दलका अध्यक्ष एवं सभापतिहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् । यी नेताहरु मध्ये पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको केही चुनौती दिनेखालका उम्मेदवार भएपनि बाँकी रहेका दुई नेताहरु प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भने त्यति चिन्ताजनक अवस्था देखिँदैन । 

यद्यपि यो कुनै शक्तिको पछि लाग्ने कार्यकर्ताले दिने मत नभई जनताले आफ्नो विवेक प्रयोग गरेर दिने मत भएकोले यसलाई अहिले सम्भावना भन्दा बढी मान्न सक्ने अवस्था छैन । शीर्ष नेतालाई कसरी जनताले पराजीत गराईदिन्छन् भन्ने कुरा त २०७० सालको चुनावमा माओवादी अध्यक्ष प्रचण्डको पराजयले पनि देखाएको छ । 

त्यस्तै, २०६४ सालमा अहिलेका एमाले अध्यक्ष ओलीको पराजय पनि जनता जनार्दन हुन् भन्ने पुष्टि गर्ने अर्काे आधार हो । यद्यपि अहिलेसम्म पनि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले संसदीय चुनावमा पराजय बेहोर्नुपरेको छैन । 

अहिले यी प्रतिस्पर्धीसँग चुनाव लड्नेहरुमा पनि प्रधानमन्त्री देउवासँग पुरानै अनुहार छन् भने अरु दुई जनासँग नयाँ अनुहार आएका छन् । अझ ओलीसँग चुनाव लड्न आएका उम्मेदवार त झनै राजनीतिमा नयाँ नै मान्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी भने अर्का चर्चित व्यापारी एवं राजनीतिज्ञ हुन् । 

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५  अर्थात् केपी ओलीसँग प्रतिस्पर्धा गर्ने डा। खगेन्द्र अधिकारी तीन दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका नेता हुन् । सो निर्वाचन क्षेत्रमा युवा नेता विश्व प्रकाश शर्मालाई उठाउने भनिएपछि पछि उनलाई झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएर केपी ओलीको प्रतिस्पर्धीको रुपमा अधिकारीलाई उम्मेदवार बनाईएको हो । 

विद्यार्थी राजनीतिबाट प्रध्यापनमा लागेका उनी नेपाली कांग्रेसका कांग्रेसको महासमिति सदस्य हुन् । उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्यको रुपमा रही काम गरिसकेको अनुभव समेत छ ।  ४३ वर्षिय अधिकारीले १७ वर्षदेखि प्राध्यपान पेशामा लाग्दै आएका छन् । प्रध्यापन पेशमा लागे पनि स्थानीय विकास तथा राजनीतिमा संलग्न हुँदै आएका थिए । उनकोलागि ओलीसँग प्रतिस्पर्धा गर्नु भनेको जीत भएमा राजनीतिमा नयाँ अवसरको ढोका खोलिनु र हार भएमा पनि राजनीतिक रुपमा केही गुमाउनु नपर्ने अवस्था हो । 

त्यस्तै, अर्का नेता हुन् वन तथा भु–संरक्षण मन्त्री एवंम राप्रपा ९प्रजातान्त्रिक०का प्रभावशाली नेता विक्रम पाण्डे । नेता पाण्डे साविक क्षेत्र नं।५ का साँसद समेत हुन् । उनले पनि प्रचण्डसँग उम्मेदवारी दिएर रिक्स मोल्नै पर्ने त थिएन । तर, पनि प्रचण्डलाई यो समयमा हराउनु भनेको उनको लागि पनि राजनीतिक रुपमा नयाँ अवसरको ढोका खोलिनु हो भन्न सकिन्छ । त्यसैले पनि पाण्डेलाई पनि प्रचण्डलाई चुनाव जिते अवसरका ढोकाहरु खुल्ने छन् भने पराजीत भएपनि त्यस्तो राजनीतिक नोक्सानी हुने देखिँदैन । 

अर्का प्रधानमन्त्रीसँगका उम्मेदवार खजराज भट्ट त २०७०, २०६४ जस्ता चुनावमा प्रधानमन्त्रीसँग भारी मतले पराजीत भएका उनको जीतको सम्भावना पनि नरहेकोले उनको विजय भनेको उनलाई राजनीतिक हिरो बनाउने खालको मात्रै हुन् । त्यसैले यी उम्मेदवारहरुलाई चुनाव जिते राजनीतिको सुपर स्टार जस्तो हार्इहार्इ हुने र चुनाव हारेपनि केही नोक्सानी नहुने नेताको रुपमा मान्न सकिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ