कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाउने रमेश लेखकको उद्घोष
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
278
Shares
कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।
महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नेका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताए ।
महाकाली नगर क्षेत्रलाई समृद्ध बनाउने तथा कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो नाका बनाउने आफ्नो प्रमुख कार्यसूची भएको उनले बताए ।