- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ५ मासो बस्ने बर्ष ४५ का मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिएका छन् । बा २ क ४४७८ नम्बरको सुरेन्द्र लम्सालको डोजरले पल्टाएको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको उनले जानकारी दिए ।
बिहान करिव १० बजेको समयमा विद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथी पट्टी खोल्सामा रहेको मुहान पुगेका बेलामा उनलाइ माथीबाट आएको ढुङ्गाले लागेको थियो ।
उनका अनुसार मृतक अर्यालले राम्रो सँग कान पनि सुन्न नसक्ने तथ बोल्न नसक्ने थिए । उनी नेपाल राष्ट्रिय सर्बोदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन ।
सिद्धेश्वर गुफामा मोटरबाटो पुर्याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष खरेलले जानकारी दिए ।