arrow

कर्मचारीको मताधिकार विषयमा सर्वाेच्चको घुमाउरो आदेश

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
suprem-court.jpeg

काठमाडौं । सर्वाेच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीहरुले भोट हाल्न पाउने व्यवस्थाको माग गर्दै परेको रिटमा घुमाउरो आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीसहरु दिपकराज जोशी र डम्मर बहादुर शाहीको संयुक्त इजलासले सोमबार घुमाउरो पाराले निर्वाचनमा खटिने कर्मचारीलाई समानुपातिक तर्फ मत दान गर्न दिन आदेश जारी गरेको हो । 

फैसलामा भनिएको छ अन्तरिम आदेशको माग दाबीको सम्बन्धमा विचार गर्दा मतदानमा खटिएका कर्मचारीहरु समेतलाई संविधान र कानून बमोजिम मतदानमा सम्मिलित गराउने सम्बन्धमा नेपालको संविधानको धारा ८४ को उपधारा ५ को विपरित नहुने गरी निर्वाचन आयोगले त्यसतर्फ विचार गर्ने नै हुँदा हाल अन्तरिम आदेश जारी गर्नु नपर्ने बताईएको छ ।  

अदालतले भनेको संविधानको दफा ८४ को उपदफा ५ मा अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानून बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भनिएको छ । सोही विपरित नहुने गरी निर्वाचन आयोगले निर्णय गर्ने भनिएको छ । तर, संघीय कानून अर्थात् प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन सम्बन्धी ऐनले भने यसमा कर्मचारीलाई मतदान गर्नमा रोक लगाएको छ । 

यो सम्बन्धमा रिट निवेदक भरत कुमार मैनालीले दुईवटा मतपत्रको सम्बन्धमा जारी गरिएको आदेशमा पनि यही प्रकृतिको आदेश जारी गरिएको बताएका छन् । उनले दफा ८४ बमोजिम निर्णय गर्न सर्वाेच्चले भनेकोले आफूहरुलाई भोट हाल्न दिनुपर्ने बताएका छन् । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ