इटहरी । उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ । उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा सोमबार निधन भएको हो ।
प्रजातन्त्रवादी योद्धा दीपनारायण केही वर्षदेखि दम रोगबाट पीडित थिए । उनका दुई छोरा छन् । दीपनारायणको साेमबारै जातीय परम्परानुसार भलुवा पचिरामा दाहसंस्कार गरिएको छ ।
दीपनारायण उनको पार्थिव शरीरमा काँग्रेसको झण्डा ओढाइएको थियो । उनिप्रति श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगै नेपाली काँग्रेसका नेता एवं समर्थक भलुवा पुगे ।
दीपनारायण प्रजातान्त्रिक अान्दाेलनमा निकै सक्रिय भए । दाजुकै प्रेरणाले विजयकुमार पनि सानै देखि परिवर्तनका लागि अान्दाेलनमा हाेमिएका थिए ।