arrow

उद्योगी विनोद चौधरीलाई काँग्रेसले चुनावी प्रचारमा खटायो

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
binod-chaudhary.jpg

काठमाडौं । नेपाली काँग्रेसले चर्चित उद्यमी विनोद चौधरीलाई आफ्नो चुनाव प्रचार प्रसारमा खटाउने निर्णय गरेको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको निर्वाचन परिचालन समितिका सदस्यहरुको सूचीमा उनको नाम पनि समावेश गरिएको छ । 

काँग्रेसले सार्वजनिक गरेको ७५ सदस्यीय परिचालन समितिको ३४ औं नम्बरमा चौधरीको नाम समावेश गरिएको छ । चौधरी केही समय अघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् भने उनको नाम काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूचीमा ९२ औं नम्बरमा राखेको छ । उनी मधेशी कोटा तर्फ भने पहिलो नम्बरमा परेका उम्मेदवार हुन् । 

उनी सँगै समितिका कुनैपनि सदस्यलाई कुन् जिल्लामा प्रचारको लागि खटाउने भन्ने विषय भने काँग्रेसले सार्वजनिक गरेको छैन । काँग्रेसले यही समितिमा प्रतिनिधि सभा तथा प्रदेश सभामा टिकट नदिएका केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरु घिमिरे लगायत नेतासँगै समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका नेताहरुलाई पनि समितिमा समावेश गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ