arrow

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
Pustak.jpg.jpeg

पाल्पा । जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । नेपालका लागि कर्मथलो बनाएका जापानी समाजसेवी काजुमासा ककिमी (ओकेबाजे)को आर्थिक सहयोगमा भएको पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट विद्यार्थीले थप बाह्य ज्ञान हासिल गर्ने बताउँदै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्मित पुस्तकालयमा हाल विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने खालका तीन सय पुस्तक रहेका छन् । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोरथ भट्टराईले ओकेबाजेको सहयोगमा दुई लाख ३६ हजार ९१० को लागतमा पुस्तकालय स्थापना तथा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीको लागि पनि बस्ने व्यवस्था गरिएको जानकारी दिए। 

पुस्तकालय स्थापना तथा विद्यालयको विविध क्षेत्रमा ओकेबाजेले प्रदान गरेका सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले आभार प्रकट गरे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ