काँग्रेसले बनायो गगन थापाको नेतृत्वमा प्रचार समिति
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
1.1k
Shares
काठमाडाैँ । नेपाली काँग्रेसले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा प्रचार प्रसार उपसमिति बनाएको छ ।
थापाको नेत्रृत्वमा रहेको ४३ सदस्यीय उपसमितिको सहसंयोजक केन्द्रीय सदस्य बद्री पाण्डे र उपसंयोजकमा बद्री सिग्देललाई राखिएको छ ।
काँग्रेसका कार्यसमिति सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन भएको केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठन भएको उपसमितिले वुधबार पूर्णता पाएको हो ।
त्यसैगरि हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, मोहन ज्ञवाली, समिरजंग शाह, कृष्ण के.सी, परसु घिमिरे, डा. सुधांशु दाहाल, गोपाल झा, अजयवावु शिवाकोटी, विनकुमार विश्वकर्मा ,डा. लोक भट्टराई ,वसन्तप्रकाश उपाध्याय, सहजमान श्रेष्ठ ,रमेश विष्ट, प्रकाश थापा , प्रकाश रिमाल , दामोदर दवाडी,गोविन्द परियार ,महेन्द्र अर्याल , चन्द्र ढकाल, ठाकुर सिम्खडा सदस्य ४३ जनाको उपसमिति बनाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।