डा. शेखरलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न मोरङ ६ का मतदाताको माग
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
216
Shares
मोरङ । केन्द्रीय राजनीतिमा प्रभाव राख्ने कोइराला परिवारका सदस्य डा शेखर कोइरालालाई मोरङ क्षेत्र न ६ का मतदाताहरुले भावी प्रधानमन्त्रीको रुपमा उभ्यिाएका छन । कोइराला परिवारको विरासत जोगाउन डा शेखरलाई प्रधानमन्त्री बनाउनु पर्ने मतदाताहरुको जोडदार माग छ ।
कांग्रेसले डा शेखरलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्छ हामी अत्याधिक मतले उहाँलाई विजय गराउछौ सुन्दर हरैचा नगरपालिकाका नगर सभापति चैतन्य सिटौलाले भने । मोरङ ६ ले हेवीवेट उम्मेदवार पाएकोमा यहाँका मतदाताहरु खुशीमात्रै छैनन डा शेखरलाई जिताउन अभियानै चलाएका छन । डा शेखरको मोरङ ६ बाट उम्मेदवारी पर्नु हाम्रो लागी गौरवको बिषयमा हो सिटौलाले भने । सुन्दर हरैचा—५ को भिमचौरमा वुद्यवार आयोजित चुनावी सभामा वोल्दै कांग्रेसका यूवा नेता रमेशजंग रायमाझीले डा शेखरलाई भावी प्रधानमन्त्री बनाउनु पर्ने माग गरे ।
स्थानीय चुनावमा सुन्दर हरैचा नगरपालिकाबाट कांग्रेसले पाएको मत भन्दा ४ हजार बढी मत खसाल्ने उनको ठोकुवा छ । यस नगरपालिकाबाट कांग्रेसले एमाले भन्दा १५ सय बढी मत पाएको थियो । यस नगरपालिकामा ३२ हजार मतदाता रहेको छ । मोरङ ६ मा सेलिव्रेटी उम्मेदवार पाएपछि डा शेखरसँग मतदाताहरु सँगै बसेर फोटो खिचाइरहेका छन । चुनावी प्रचार प्रसारमा उनलाई हेर्नेको घुँइचो त्यतीकै बढेको छ । डा शेखरको पक्षमा जनलहर देखिएको छ महाधिवेशन प्रतिनिधि भक्ती सिटौलाले भने , हाम्रो जनमतको कदर गर्दै उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सार्नुपर्छ ।
सुन्दर हरैचाका स्थानीय मतदाता डा शेखरलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउन एक स्वरमा लागेका छन । मोरङको उत्तरी भेगमा पर्ने सुन्दर हरैचा भर्खरै मोरङ ६ मा गाभिएको नगरपालिका हो । यस नगरपालिकाको २ देखी ७ वडा क्षेत्र न ६ मा पर्दछ । स्थानीय चुनावमा वडा न ६ बाहेक सवै वडामा कांग्रेस विजय भएको हो । मोरङ ६ मा वुढीगंगा गाउँपालिका र विराटनगरको ४,५ ,६,७ ,९, ११ र १२ वडा पर्दछ । स्थानीय चुनावमा कांग्रेसले बामगठबन्धबाट भन्दा ४ हजार बढी मत पाएको थियो ।