arrow

कांग्रेसले ततायो पोखराको चुनावी माहोल

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
congress-flag3.jpg

पोखरा । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव प्रचार प्रसार बुधबारदेखि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५, बाट सुरु भएको छ । 

वडा इकाई समिति ५ ले पर्स्याङमा आयोजना गरेको उम्मेदवारसँग अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमसँगै कांग्रेसको चुनाव प्रचार प्रसार औपचारिक रुपमा सुरु भएको  हो । 

वडा नम्बर ५ को अगाुवा कार्यकर्ता भेटघाट कार्यक्रम लगत्तै उम्मेदवार शर्माले पोखरा–२५ वडा इकाईं समितिले आयोजना गरेको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरे । 

छुट्टा छुट्टै कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि आफुले उम्मेदावरी दिएको स्पष्ट पारे । 

मुलुकमा लोकतन्त्र स्थापना भए पनि राजनीतिक स्थायित्व हुन नसकेको उल्लेख गर्दै स्थिर राजनीति भए मात्रै मुलुकले गति लिने धारणा व्यक्त गरे । 

नेपालको राजनीतिमा कम्युनिष्ट हावि भएकै कारण भ्रष्टाचार, ढिला सुस्ति, राजनीतिक अस्थिरता सिर्जना भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसलाई जिताउन मतादातासँग आग्रह गरे । 

आफुले बोलिमा भन्दा काममा विश्वास गर्ने स्पष्ट पार्दै कांग्रेसका प्रभावशाली नेता समेत रहेका शर्माले भने, ‘म अरुलाई भ्रष्टाचार गर्न पनि दिन्न, आँफुले पनि भ्रष्टाचार गर्दिन ।’ 

कास्कीको क्षेत्र नम्मर ३ लाई विश्कै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने आफ्नो योजना रहेको जानकरी दिँदै उम्मेदवार शर्माले फेवाताल, सराङकोट, अन्नपूर्ण आधार शिविर पदमार्गको व्यवस्थापन  गरी पर्यटन विकासका लागि प्रयोग गर्नु पर्नेमा जोड दिए । 

कांग्रेस हत्या, हिंसा, अराजकतामा विश्वास नगर्ने पार्टी भएको बताउँदै उनले नेपाली काँग्रेसले गरेका विकास, परिवर्तनका बारेमा मतदातालाई जानकरी गराएर कांग्रेसको पक्षमा भोटमाग्न कार्यकर्तालाई निर्देशन दिए । 

वामशक्ति एक भए पनि उनीहरुले गरेका अराजक गतिविधिका कारण जनताको मनमा बस्न नसकेको बताउँदै उनले मतदाताले कांग्रेसलाई अत्याधिक भोट दिएर जिताउने आफु विश्वस्त भएको बताए । 

निर्वाचन क्षेत्र नम्बर ३, ‘क’ प्रदेशकी उम्मेदवार शारदा पौडेलले वाम गठवन्धनको अराजकताबाट जोगाउन कांग्रेलाई जितउनु पर्ने उल्लेख गरिन् । 

‘ख’ प्रदेशका उम्मेदवार भोजबहादुर गुरुङ ‘सिकन्दर’ले मुलुक राजनीतिक संकटमा फसेको उल्लेख गर्दै यसबाट जोगाउन कांग्रेसलाई जिताउनु पर्ने बताए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठी, कांग्रेस नेता आइबहादुुर गुरुङ, नेपाल तरुण दल कास्कीका सभपति मनोज गुरुङ, क्षेत्र नम्बर ३ का सभापति पोशनाथ शर्मा लगायतका  वक्ताले कांग्रेसको पक्षमा चुनावी माहोल बनाउनु पर्नेमा जोड दिँदै आ–आफ्नो भनाई राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ