arrow

वाम गठबन्धनमा कार्यकर्ताको विद्रोह, भोट क्रस हुने 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
okhaldhunga.png

ओखलढुंगा । यहाँका वाम गठबन्धनका केही नेताहरुले पुराना मुद्धाका विषयमा मुख खोल्न नसकेपनि कार्यकर्ता तहमा भने आक्रोशको आगो बलेको छ । 

आगामी मंसिर १० मा हुँने प्रदेश तथा प्रतिनिधि सभामाको चुनावमा असर पर्ने संकेतका साथ गठबन्धनका नेताहरुले पुराना मुद्धाका विषयमा मुख नखोले पनि कार्यकर्ताहरु भने आक्रोशित बनेका हुन् । 

कार्यकर्तामा देखिएको आक्रोशको आगाले ओखलढुंगा वाम गठबन्धन लाई चुनावमा सकस पर्ने देखिएको छ । 

केन्द्रीय तहमा सहजरुपमा गठबन्धन गरेपनि जिल्ला तहका नेताहरु विच एक अर्काप्रतिको पुराना घाउहरु सम्झेर भोट नहाल्ने परिवेश सृजना भएपछि वाम गठबन्धन लाई चुनाव जित्न सकस देखिएको माओवादीका एक नेताले बताए । 

एक अर्का प्रति पूर्ण विश्वास नहुँदा गठबन्धनको नाममा भोट माग्न उत्साह नदेखिएको नेताहरुले बताएका छन् । 

तत्कालिन समयमा नेकपा माओवादीका कार्यकर्ताबाट एमालेका धेरै नेता कार्यकर्ताहरुले मरणासन्न हुँनेगरी कुटाइ खाएको र कतिपयको ज्यान लिएको घटना लाई सम्झेर पनि गठबन्धनको तर्फबाट प्रदेश सभा ख का माओवादी उमेद्वार मोहन खड्का लाई भोट दिन नसकिने एमालेका कार्यकर्ताहरुले खुलेरै भन्ने गरेका छन् । 

तत्कालिन जनअदालतका न्यायधिशको भूमिकामा रहेका खड्का र उनका कार्यकर्ताले एमाले र कांग्रेसका नेता कार्यकर्ता भन्ने वित्तिकै कुटपिट लुटपाट गर्नुका साथै जनकारवाहीका नाममा कुनै न कुनै ढंगले दुख दिनेगरेको एमालेका नेताहरुको भनाइ छ । 

एमाले निकट रहेकै कारण शिक्षक गुरु लुइटेल लाई हत्या गर्ने माओवादी नेतृत्व लाई भोट दिनुपरेपछि एमाले ओखलढुंगा बाट समानुपातिक उमेद्वारको सिफरिस भएका फण्न्द्रिप्रसाद लुइटेलले सार्वजनीक रुपमै आफुलाइ यो चुनावमा जुठो परेको भन्दै भोट हाल्न नजाने बताएका छन् । 

उनले सामाजिक सन्जाल मार्फत यो कुरा लाई जनतामाझ पस्कीसकेको बताएका छन् । यता प्रदेश सभा क मा पर्ने निशंखेका एमाले नेता एवं प्रतिनिधि परिषद सदस्य छवी कार्की हत्याको विषयलाई नेताहरुले चुनावी गठबन्धनका नाममा विर्सेको भन्दै कार्यकर्ता तहबाट आक्रोश व्यक्त भएको छ । 

छविकी श्रीमति सकुन्तला राजभण्डारीले समेत राजनीतिक गठबन्धनका नाममा श्रीमान विर्सेर उनका हत्याराहरु अघिपछि लिएर हिड्नु आफैमा लाजमर्दो भएको कार्यकर्ताहरुले गुनासो गरेका छन् । 

सकुन्तलाले समानुपातिक सभाषद भएपछि उनैले अपराधि भनिएकाहरुलाई गहुँत छर्केर चोखीएजस्तो गर्न थालेको एमाले कार्यकर्ताहरुको भनाइ छ । 

हिजोसम्म तीनै माओवादी नेताहरुलाई हत्याराको संज्ञा दिदै आएका एमालेका पूर्व सांसद यज्ञराज सुनुवार र जिल्ला तहको नेतृत्वले आज उनैलाइ बोकेर हिड्नुले कार्यकर्ताको सिर निहुरिएको एमाले नेता महेश श्रेष्ठले बताए । 

उता पोकलीका उज्जन श्रेष्ठ हत्या काण्डमा सर्वोच्चले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेको विषयमा गठबन्धनका तर्फबाट एमालेका नेताहरुले केही नबोलेको भन्दै माओवादी बृत्तमा ठुलौ भूइचालो गएको बताइएको छ । 

पूर्व सभाषद बालकृष्ण ढुंगेललाई गठबन्धनका उमेद्वार समेत रहेका यज्ञराज सुनुवारले वाम गठबन्धनको बैठकमा वानेश्वरस्थित बुद्धि कार्कीको घरमा बोलाएर फोटो खिचि सञ्चारमाध्यामहरुमा पठाएर पक्राउ गर्न सहयोग गरेको पार्टीको आन्तरिक मिटीङले निश्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरुले बताउँदै आएका छन् । 

गठबन्धन चुनावी मैदानमा जादै गर्दा यि कुराहरुले चुनावलाई असर पर्न सक्ने भएकाले सबै कुराहरु बाहिर नल्याएको भन्दै चुनाव पछि त्यसको हिसाव किताव हुँने माओवादी नेता कार्यकर्ताहरुले बताएका छन् । 

वाम गठबन्धनको वानेश्वर स्थित कार्कीको घरमा बसेको बैठक पछि खिचिएको फोटो पत्रपत्रिकामा सार्वजनिक भएको एक सातामा माओवादी नेता ढुंगोल पक्राउ परेका थिए । 

यी घटनाका विषयलाई गठबन्धनका नेताहरुले चुनावसंग जोडेर मुख खोल्न नसकेपनि कार्यकर्ता पङतिमा भने आक्रोशको आगो बलेको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ