arrow

दमनका घटना घटाउने सरकार सहमति चाहँदैन : कर्ण

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
bicc.gif.gif
काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसद्को आजको बैठक बहिष्कार गरेका छन् । 
 
सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै मधेस केन्द्रित दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । 
 
सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिनुभएपछि सांसद कर्णले मोरङमा बिहीबार सरकारका तर्फबाट दमन गरिँदा तीनजनाको ज्यान जानुका साथै ३० जना आन्दोलनरत पक्षका व्यक्ति घाइते भएको भनी आक्रोश व्यक्त गर्नुभयो । 
 
उहाँले भन्नुभयो – “मधेसमा आन्दोलन चलेको पाँच महिना भयो । मधेसी, आदिवासी र जनजातिको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै सरकार दमनमा उत्रेको छ ।” मोरङमा बिहीबार भएको घटनामा द्रौपदी चौधरी, महादेव ऋषिदेव र शिबु माझीको गोली लागी मृत्यु भएको जानकारी दिँदै नेता कर्णले मोरङको अर्काे घटनामा युवा सङ्घका कार्यकर्ताले साङ्घातिक हमला गरी सद्भावना पार्टीका प्रवक्तालाई गम्भीर घाइते बनाएको बताउनुभयो । 
 
सरकारले मधेसमा दमन र आतङ्क फैलाउने काम गरिरहेको भए पनि आफूहरु वार्तामा सहभागी भइरहेको उहाँको भनाइ थियो । उहाँले जुन दिन निर्णायक वार्ता भनेको छ त्यही दिन घोर दमनका घटना घटाउने सरकार सहमति चाहँदैन भन्ने यो घटनाबाट पुष्टि हुन्छ भन्नुभयो । 
 
तराई मधेसको मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन होस् भन्दै उहाँले सदनमा पेस भएको संविधान संशोधन विधेयकले मागलाई सम्बोधन गर्न नसक्ने भएकाले सङ्घीय समाजवादी फोरम नेपाल, तमलोपा, तराई मधेस सङ्घीय सद्भावना पार्टी लगायतका तर्फबाट बैठक बहिष्कारको घोषणा गर्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ