arrow

संविधान संशोधनमा अझै सहमति जुटेन

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
चाबानेत.jpg.jpeg
काठमाडौं। प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा अझै सहमति हुन नसक्दा संसद् बैठक प्रभावित भएको छ । उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा अझै अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद् सचिवालय स्रोतले जनाएको छ । 
 
संविधान संशोधनका लागि मूल संशोधनसहित २४ वटा संशोधन प्रस्ताव परेका छन् । कुन प्रस्तावलाई समेटेर अघि बढ्ने भन्ने विषयमा नै केन्द्रित रहेर प्रमुख दलहरुबीच छलफल भइरहेको बताइएको छ । छलफलमा प्रधानमन्त्री केपी ओलीसहित अन्य दलका शीर्ष नेता, सचेतक र कार्यदलका पदाधिकारी सहमतिको प्रयासमा जुटिरहनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ