arrow

२५ डिसेम्बरको रोचक संयोग, दुर्इ 'भारत रत्न विजेता'को मनार्इयो जन्मदिन

logo
प्रकाशित २०७४ पुष १० सोमबार
bajpei_malabiya.jpg

काठमाडौं । भारतमा डिसेम्बर २५ को दिन सोमबार रोचक संयोग जुरेको छ । हरेक वर्ष २५ डिसेम्बरको दिन दुर्इ भारत रत्नका विजेताहरुको जन्मदिन मनार्इएको छ । भारतका पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीको ९३ अौं र बनारस हिन्दू विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको १ सय ५१ औं जन्मदिन मनार्इएको हो । 

१९२५ साल डिसेम्बर २५ को दिन जन्मिएका बाजपेयी भारतीय जनता पार्टीका नेता हुन् । उनको जन्मदिनको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीहुँदै विपक्षी दलका नेतासम्मले शुभकामना दिएका थिए ।

उनको जन्मदिनको शुभकामना दिँदै भारतका राष्ट्रपति कोविन्दले बाजपेयीको जन्मदिनको शुभकामना दिएका छन् । उनले आफ्नो ट्वीटरमा हाम्रा सम्माननीय एवं प्रिय पूर्व प्रधानमन्त्री बाजपेयीको जन्मदिनको शुभकामना लेखेका छन् । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । 

त्यस्तै, भारतीय कांग्रेस पार्टीको तर्फबाट पनि बाजपेयीलाई शुभकामना दिईएको छ । काँग्रेसले दिएको शुभकामनामा पूर्व प्रधानमन्त्री बाजपेयीको जन्मदिनको शुभकामना दिईएको छ । बाजपेयी भारतका १० औं प्रधानमन्त्री तथा भारत रत्नबाट सम्मानित राजनेता हुन् । 

उता, अर्का भारत रत्नबाट सम्मानित समाजसेवी एवं पत्रकार पण्डीत मदनमोहन मालवीयको पनि सोमबार नै जन्मदिन मनाईँदैछ । बनारस हिन्दू विश्वविद्यालयका संस्थापक एवं हिन्दूस्तान टाईम्सका पूर्व अध्यक्ष समेत रहेका मालवीयको पनि सोमबार नै १ सय ५१ औ जन्मजयन्ती मनाईएको छ । मालवीय र बाजपेयी दुबैले सन् २०१५ मा भारत रत्न पुरस्कार पाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ