भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण
प्रकाशित २०७४ पुष १३ बिहिबार
673
Shares
नयाँ दिल्ली, भारत। भारतले मङ्गलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ।
स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत निर्माण भएको उक्त क्षेप्यास्त्रले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले जनाएको छ।
“परीक्षण उडानको अवस्थामा प्रतिरोध गर्न चाहिने विविध मापदण्डको परीक्षणका लागि रहेको थियो र परीक्षण विल्कुलै सफल भएको छ,” स्रोतले परीक्षण पछि जनायो।
भारतले सन् २०१७ मा गरेको यो तेस्रो पराध्वनिक प्रतिरोधक क्षेप्यास्त्र परीक्षण हो। यस पहिले भारतले जनवरी र मार्चमा यस किसिमको क्षेप्यास्त्रको परीक्षण गरेको थियो। रासस-सिन्ह्वा