पुटिनद्वारा पुनः राष्ट्रपतिमा उम्मेदवारी दर्ता, स्टालिन पछि पुटिन लामो शासन गर्ने शासक
प्रकाशित २०७४ पुष १३ बिहिबार
660
Shares
मस्को। रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गराएका छन्। आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्।
उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाउनु भएको छ। रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गरेका छन्।
लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउने छन्। यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै छ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए।
यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए। उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिएका छन्। रासस-एएफपी