arrow

चीनको भारतलार्इ चेतावनी : २०१८मा पनि पुरानै हर्कत नदोहोर्‍याउ

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
India-China-Border.jpg

काठमाडौं । भारत र चीनबीचको सम्बन्धका लागि  २०१७ ऐतिहासिक साल बनेको छ। डोकलामको गतिरोधले दुर्इ एशियाली शक्तिको युद्धको मुहानेसम्म लगेर उभ्यार्इदिएको यो वर्ष साच्चिँकै एक ऐतिहासिक वर्ष बनेको छ। यो पछिल्लो ५५ सालमा दुर्इ देशकोबीच सबैभन्दा बढी संकट आएको वर्षहो । चीनको सरकारी अखबार ग्लोबल टाइम्समा यो समाचार उल्लेख छ ।

सो अखबारमा लेखिएको छ 'पेइचिंगलार्इ यो जानकारीमा छ कि भारतको मानसिकता तथा निर्णयलार्इ बदल्न सकिँदैन । तर सहयोगको ढोका भने कहिलै बन्द हुँदैन । अहिले भारत अन्धकारको यात्रा गरिरहेको छ । जब उसको आँखा खुल्छ । त्यसपछि उ पनि बेल्ट रोड प्रोजेक्टको हिस्सेदार बन्नेछ । 

'२०१८ मा कस्तो होला भारत चीन सम्बन्ध ?' शीर्षकमा लेखिएको एक आलेखमा अखबारले २०१७ मा भारतको साथ तीन मुद्दाको विवादले समस्या सिर्जना गरेको जनार्इएको छ । यी हुन् सीमा विवाद, तिब्बत मसला तथा चीन-पाकिस्तानबीचको मित्रता। उक्त अखबारमा यो कुरा पनि स्पष्ट भनिएको छ कि भारत, चीन तथा पाकिस्तानको बीचमा त्रिकोणात्मक सम्बन्ध सम्भव छैन । 

कैयौं दशकदेखि भारत-चीन सम्बन्धकोबीच यही मुद्दा विवादको जड बनेको छ। यसको अलावा चीनको  सरकारी अखबारले एनएसजीमा भारतको बाटो रोक्ने, मसूद अजहरलार्इ अन्तराष्ट्रिय आतंककारी  घोषणाा गरिदिने र तथा प्रतिबन्ध लगाउने कामले समेत तनाव सिर्जना गरेको बतार्इएको छ। यी समस्या आपसी समझदारीमा अघि बढाउनुपर्नेमा पनि चीनले जोड दिएको छ । 

यती मात्र होइन तिब्बत मामलामा भारतले चीनसँग निहुँ खोजेको पनि चीनले निष्कर्ष निकालेको छ 'पछिल्लो सेप्टेम्बरमा भारतका राष्ट्रपति प्रणब मुखर्जीले दलाई लामासँग भेट गरेका थिए । अप्रिलमा लामा एक साताको लागि कथित अरुणाचल प्रदेशमा गएका थिए। डोकलाम विवादको दौरानमा भारतले तिब्बती निर्वासित सरकार प्रमुख लोबसांग सांगेलार्इ पंगोंग लेक पठार्इदिए । त्यहाँ उनले तिब्बतको स्वतन्त्रताको झण्ड फहराए।' 

अखबारमा लेखिएको छ यी कदमबाट भारतले चीनसँगको सीमा विवाद सुल्झाउने नाममा बार्गेनिङको कोशिश गरेको छ । तर असफल भयो भारत । यति मात्रै होइन कि अखबारले चेतावनीको शैलीमा लेखेको छ कि यदि भारतको यही रबैया जारी रह्यो भने २०१८ मा चीनसँग उसको सम्बन्ध अझ खराब हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ