arrow

इरानमा चर्कियो सरकार विरोधी आन्दोलन, २ को मृत्यु, दर्जनौं पक्राउ

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
iran-demonstration.jpg

काठमाडौं । इरानमा भएको सरकार विरोधी आन्दोलनमा दुई जनाको मृत्यु भएको छ । सरकारले मुल्यवृद्धि गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनमा कम्तिमा दुई प्रदर्शनकारी मारिएका हुन् । 

सुरक्षाकर्मीले प्रदर्शनमा हस्तक्षेप गरेपछि उनीहरुको ज्यान गएको हो । पाँच दर्जनको संख्यामा सुरक्षाकर्मीले प्रदर्शनकारी पक्राउ गरेको छ । 

राजधानी तेहरानसहित देशका बिभिन्न भागमा प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा मागेका छन् । 

तीन दिन यता जारी आन्दोलन हिंसात्मक हुन थालेपछि राष्ट्रपतिले प्रदर्शनमा सहभागी नबन्न चेतावनी दिएका छन् ।

इरानमा भेला भएर विरोध गर्नुलाई गैरकानुनी जमघट भन्दै सरकारले उल्टै कार्वाही गर्ने चेतावनी समेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ