-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कोस्टारिका । लेटिन अमेरिकी राष्ट्र कोस्टारिकामा विमान दुर्घटना भएको छ । दुर्घटनामा परी सवार सबै १२ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । दुई जना मृतकहरु पाइलट र कोपाइलट कोस्टारिकाकै हुन् ।
ज्यान गुमाउनेमा पाँच जना एकै परिवारका हुन् । विमान दुर्घटना हुनुको कारण खुलेको छैन ।