arrow

चीन र भारतबीच मिलोमतोमा युद्धको धमास !

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
modi-meets-jinping_b6a59ba0-644c-11e7-b1de-0034c3d6ea80.jpg

काठमाडौं । तपाईलाई सुन्दै अचम्म लाग्न सक्छ । विश्वलाई नै ध्यान केन्द्रित गरेका दुई शक्ति राष्ट्रहरु भारत र चीनबीचको द्वन्द्व देखावटी र एकअर्काले मिलेमतोमा गरेको दुईपक्षीय खेल मात्रै हो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, भारत र चीनबीचका केही व्यवहारहरुले यो कुरालाई सशंकित बनाईदिएको छ ।  

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाईम्सले सोमबार प्रकाशित गरेको एक रिपोर्टमा चिनियाँ विज्ञहरुले फेरि पनि भारत र चीनबीचको युद्ध सुरु हुने बताएका छन् । सोमबार नयाँ वर्ष मनाउनको लागि भारतीय मन्त्रिपरिषद्का अधिकारीहरु सीमानाकामा आएको विषयलाई लिएर चिनियाँ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् । केन्द्रीय सरकारका गृह मन्त्री राजनाथ सिंह सोमबार भारत र चीनबीचको सीमानामा भ्रमण गरेर प्रहरी फोर्ससँग नै नयाँ वर्ष मनाएका थिए । 

चीन भारत र भुटानको सीमा क्षेत्रमा भारतीय सेना बसेको भनेर २०१७ मा झण्डै ३ महिनासम्म चलेको चीन र भारतबीचको विवादले जाडो मौसम सुरु भएसँगै विश्राम लिएको थियो । अब जाडो सकिने समय आउँनैलाग्दा चिनियाँ पक्षबाट यस्तो चेतावनी आउनुले चीन र भारतको यो युद्ध आफ्नो सेनालाई सधैं सक्रिय बनाईरहनको लागि गरिने सैन्य अभ्यास जस्तो हुन पुगेको छ । 

चीन र भारत अहिले भू राजनीतिक रुपले दुई प्रतिस्पर्धी जस्ता भएपनि अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिनको सम्बन्ध वास्तवमै सुमधुर रहेको छ । मोदी मुख्यमन्त्री हुँदा गुजरातमा त्यतिधेरै चिनियाँ लगानी भित्रिएको र मोदीको अर्थतन्त्रमा पनि सहयोग पुर्याएको थियो । 

त्यस्तै, मोदीले जे जस्तो भनेपनि भारतमा मोदीले लगाएको नोटबन्दी र जीएसटीको प्रभावले ३ लाख भन्दा बढी घरेलु तथा साना उद्योगहरु बन्द भएको आकलन पनि सावैजनिक भईरहेको छ । यस्तो अवस्थामा भारतमा चिनियाँ व्यापार बढ्न थालेको छ । मोदीले चिनियाँ व्यापारमा निर्भरता हटाउने भनेर प्रयास गरेको देखाएपनि उनको प्रयासले उल्टो प्रगति हाँसिल गरिरहेको स्पष्टै हुन्छ । 

यसरी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै चिनियाँ पक्षसँग अलिक नजिक देखिएका मोदीले देखाएका सबै खालका प्रयासहरुले चीनले प्रत्यक्ष वा परोक्ष रुपमा फाईदा उठाईरहेको छ । त्यसो त चीनले पनि युद्धको नाटक रचेर मोदीलाई सहयोग गरिरहेको पनि आशंका गर्न थालिएको छ । केही महिना अघि कुनै टुंगोमा नपुगी अन्त्य भएको सीमा विवाद मौसम अनुकूल भएपछि फेरि सुरु हुन्छ भन्नुले मोदीको २०१९ मा हुने संसदीय निर्वाचनमा फेरि अर्काे कार्यकालको लागि चुनाव जित्ने आधार हो भन्न सकिन्छ । 

यस अघिको सीमा विवादमा पनि कुनै सम्झौता नभएको भएपनि भारतले यसमा आफ्नो जीत भएको भन्दै आफ्ना जनताहरुलाई भ्रममा राख्ने प्रयास भएको थियो । तर, त्यो मौसमका कारण दुबै पक्षका सेनाको सहमतिमा गरेको युद्ध विराम थियो । जतात्यतै, उग्र राष्ट्रवादको पक्षमा लागेको चीन नेपालमा केपी ओली र भारतमा नरेन्द्र मोदीले चुनाव जित्दा आफ्नो व्यवसायको लागि राम्रो समय आउने अपेक्षा राखेको थियो । मोदीले राष्ट्रवादी बाटोबाट मुलुकलाई चीनसँग आश्रित हुनुपर्ने अवस्थामा मुलुककलाई पुर्याईदिएकोले त्यसैकोे बदलामा चीनले पनि मोदीको अर्को कार्यकालको लागि सहयोग गर्न नै मिलेमतोमा युद्धको ध्वास देखाईरहेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ